काठमाडौं । नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार सरुवा गरेको हो ।
२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका अनिल ठकुरीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ सरुवा गरिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंमा सरुवा गरिएको छ ।




