काठमाडौं । राजश्व अनुसन्धान विभागले विकल पौडेलविरुद्ध १ अर्ब ८६ करोडको विगो दावीसहित मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर भएको हो ।
विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । यसअघि ७ असोज २०८१ मा पौडेलविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धानले हुन्डी कारोबार सम्बन्धी मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचारका पर्याय ठानिएका पौडेलविरुद्ध भ्रष्टाचार, किर्ते लगायतका कसुरमा यसअघि झण्डै आधा दर्जन मुद्दा दायर भइसकेको छ ।




