काठमाडौं । विभिन्न विषयमा युट्युव लगायत सामाजिक सञ्जालमा चर्चामा रहेका पुण्य गौतममाथि निर्घात हिसाबले रड प्रहार गरिएको छ । अपरिचित व्यक्तिले सोमबार बेलुकी उनी माथि रड प्रहार भएको हो ।
सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा टाउको र शरिरका विभिन्न भागमा रड प्रहार गरेका हुन् ।
गौतमका निधारको हड्डी भाँच्चिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलको आइसीयुमा राखेर उपचार गरिएको छ ।
प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटना बारे अनुसन्धान गरिररहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।




