काठमाडौं । काठमाडौंबाट वीरगंज जाँदै गरेको टाटासुमो सोमबार बिहान बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १० नितनपुरमा दुर्घटना हुँदा चार वर्षीय बालक अनमोलकुमार साहको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, बिहान ४:३० बजे ना १ ज ४४२८ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा सुमोमा सवार ८ जना घाइते भएका छन्, जसलाई उपचारका लागि वीरगंजको बयोधा अस्पताल पठाइएको छ । प्रहरीका अनुसार, सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको छ ।




