काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्सा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई काठमाडौंमा बोलाएर स्पष्टीकरण सोधेका छन् । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीका अनुसार पर्साका सीडीओ गणेश अर्याल र महोत्तरीका सीडीओ लालबाबु कबारीलाई अलग-अलग विषयमा स्पष्टीकरण मागिएको हो ।
सीडीओ गणेश अर्याललाई जिल्ला अस्पताल तोडफोड घटनामा दिएको विवादित अभिव्यक्तिको कारण सोधपुछ गरिएको छ । त्यस्तै, सीडीओ लालबाबु कबारीलाई प्रशासनको नायब सुब्बा घूससहित पक्राउ परेको विषयमा जवाफ दिन भनिएको हो ।
गृहमन्त्री लेखकले दुवैलाई भविष्यमा यस्ता विवादमा नआउने गरी जिम्मेवार ढंगले काम गर्न चेतावनी दिएका छन् । लालबाबु कबारी यसअघि सिरहाको सीडीओ रहँदा पनि विवादमा परेका थिए ।




