काठमाडौं । नेपाल सरकार वादी रहेको भ्रष्टाचार मुद्दा (मुद्दा नं. ०८१-CR-००३०) मा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । घुस/रिसवत लिएको आरोपमा दायर मुद्दामा प्रतिवादी वीरेन्द्र प्रसाद साह कानू र सरकारी साक्षी दिपेश यादव संलग्न रहेको पाइएको छ ।
अस्थायी रूपमा बारा, सिम्रौनगढ नगरपालिका वडा नं. ११ बस्ने दिपेश यादवले अनुसन्धान अधिकृत समक्ष दिएको बयान प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको पुष्टि भएको छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई बिगो कायम गरी कारबाहीको माग गरिएको छ ।
यस प्रकरणमा यादवले प्रतिवादी वीरेन्द्र प्रसाद साह कानूलाई ७८,००० रुपैयाँ घुस दिएको देखिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।




