कपिलवस्तु । कपिलवस्तुको यसोधरा गाउँपालिका ७ मुडिलाचोकस्थित सडकमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
तौलिहवाबाट मर्यादपुरतर्फ गइरहेको युपी ५५ एयु ३२४६ नम्बरको मोटरसाइकलबाट खसेर भारत, सिद्धार्थनगर कोपिहवा निवासी ५० वर्षीया मञ्जु श्रीवास्तव गम्भीर घाइते भएकी थिइन् ।
घटनापछि उनलाई जिल्ला अस्पताल तौलिहवा पुर्याइए पनि थप उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारण बारे अनुसन्धान अघि बढाइएको छ ।




