बारा । जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै मंगलबार बिहान एक पिकअप गाडीमा अचानक आगलागी भएको छ ।
सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०१-०२५ च ०७८५ नम्बरको पिकअप गाडीमा वाइरिङको तार सर्ट भई आगलागी हुँदा गाडीको अगाडिको भाग जलेर करिब १० लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको छ ।




