एजेन्सी । सिड्नीकी २७ वर्षीया मोडल कोडी एस्प्लेटलाई १० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने देखिएको छ । उनीमाथि बालबालिका र जनावरसँग अशोभनीय गतिविधिमा संलग्न भएको गम्भीर आरोप लागेको छ ।
उनीविरुद्ध ९२ वटा अभियोग दर्ता गरिएको छ, जसमा उनले स्वयं ६ वटा आरोप स्वीकार गरिसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले भिडियो लिङ्कमार्फत मालभरन मजिस्ट्रेट अदालतमा उपस्थित भई अपराध स्वीकार गरेकी हुन् ।
उनले जनावरहरूसँग यौन सम्बन्ध राख्ने, धम्की दिन सञ्चार सेवा प्रयोग गर्ने, बाल दुर्व्यवहार सम्बन्धी सामाग्री राख्ने र फैलाउने जस्ता गम्भीर अपराध स्वीकार गरेको उल्लेख गरिएको छ ।
कम्तीमा १० वर्षको जेल सजाय हुन सक्ने
मिडिया रिपोर्ट अनुसार यी गम्भीर आरोपका कारण उनलाई कम्तीमा १० वर्षभन्दा बढी जेल सजाय हुन सक्छ । उनको सजाय अघिको सुनुवाइ आगामी अगस्ट महिनामा भिक्टोरिया काउन्टी अदालतमा हुने तय गरिएको छ ।
प्रहरीले यस मुद्दामा १ हजार पृष्ठभन्दा बढी प्रमाण अदालतमा पेश गरेको छ । दाबी गरिएअनुसार, मोडलले नोभेम्बर २९, २०२३ भन्दाअघि मेलबर्नमा जानी जानी जनावरसँग यौन सम्बन्ध राखेकी थिइन् । उनले त्यस क्रममा तस्वीर खिचेर सुरक्षित राखेको समेत प्रमाण अदालतमा प्रस्तुत गरिएको छ ।
सामाजिक सञ्जालमा छिन् संक्रिय
मोडलका सामाजिक सञ्जालमा करिब १३ हजार फलोअर्स थिए । उनले विभिन्न प्रजातिका कुकुरहरू राख्ने गरेको देखिन्थ्यो, जसमा केल्पी, डाचसुन्ड, ल्याब्राडोर र हस्की समावेश थिए । हाल, उनको सामाजिक सञ्जाल पृष्ठ हटाइएको छ ।
जानकारी अनुसार, उनले एउटा समूह बनाएर बाल दुर्व्यवहार सम्बन्धी सामाग्रीहरू साझेदारी गर्ने काम गरेकी थिइन् । अष्ट्रेलियाको प्रहरी र संयुक्त बाल शोषण विरोधी टोलीले यस विषयमा अनुसन्धान जारी राखेको छ ।
हाल उनलाई अर्को सुनुवाइसम्म जमानत दिइएको छ । १८ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी एस्प्लेट कुनै ठूला परियोजनामा संलग्न थिइनन् ।






