काठमाडौं । आजदेखि कुलेखानी–कलंकी–हुमाने सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । उक्त सडकखण्डमा कालोपत्रे गर्ने कार्य सुरु गरिने भएकोले आजदेखि जेठ २० गतेसम्म (१९ दिन) पूर्ण रूपमा सवारी आवागमन बन्द रहने नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले वैकल्पिक मार्गको रूपमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।




