काठमाडौं । गोकर्णेश्वर नगरपालिका २ नयाँ पाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामा गोकर्णेश्वर नगरपालिका १ बस्ने र रामेछापको सुनापति गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका २ बस्ने र सर्लाही बागमती गाउँपालिका ३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ र २६ वर्षीय अभिषेक वाईवा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका ७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् ।
उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




