काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक महिला काठमाडौंमा पक्राउ परेकी छिन् । टोखा नगरपालिका बस्ने र खोटाङ, वराहपोखरी गाउँपालिका ५ की ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
सम्झनाले एक जना पीडितसँग क्यानडामा रोजगारीको प्रलोभन देखाई ७ लाख रुपैयाँ लिएको तर त्यसपछि सम्पर्कबिहीन बनेको पीडितले उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका १६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेपछि उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




