काठमाडौं । सरोज लामिछानेले नयाँ नेपाली तीज गीत ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’ सार्वजनिक गरेका छन् । यस गीतमा सरोज लामिछाने र मंजु गौतमले स्वर दिएका छन् भने गीत सन्तोष लामिछानेले लेखेका हुन् र संगीत पनि सरोज लामिछानेकै रहेको छ । गीतको अरेन्ज रामकृष्ण थापाले गरेका छन् भने मिक्सिङ खडक बजुरालीले गरेका हुन् ।
राजेन्द्र बजुराली, सागर बजुराली र गोविन्द पराजुली रेकर्डिस्टका रूपमा रहेका छन् । मालश्री स्टुडियोमा छायांकन गरिएको भिडियो मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको हो । भिडियोमा दीपेन्द्र सुनाम र सरिता डंकोटीले अभिनय गरेका छन् भने कोरियोग्राफी प्रतिभा चम्लिङले गरेका हुन् ।
छायांकन सन्तोष तिमल्सिनाले गरेका छन् भने सम्पादन रोशन धितालले गरेका हुन् । मेकअप मदन हुन् । यस गीतलाई सरोज लामिछानेको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ । मिलन फिल्म्स प्रोडक्सन प्रा.लि.द्वारा पोष्ट प्रोडक्सन गरिएको यो गीतले दर्शकको मन जित्ने अपेक्षा राखिएको छ ।






