काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भई फरार रहेका कीर्तिपुर नगरपालिका ४ गाम्चा बस्ने रूकुम पश्चिम, बाफिकोट गाउँपालिका २ घर भएका कल बहादुर बस्नेतलाई नेपाल ल्याइएको छ ।
एनसिबि अबुधाबी, युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन प्रकरणमा संलग्न भई फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोज तलास तथा पक्राउ गर्न एनसिबि काठमाडौंको अनुरोधमा २०८१ पुस ११ गते इन्टरपोल महासचिवालय मार्फत रेड नोटिस जारी गरिएको थियो ।
बस्नेतलाई आवश्यक कानूनी कारबाहीका लागि मानव बेचबिखन ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।




