सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ७ सय ७० मिलिग्रामसहित सिराहा कल्याणपुर नगरपालिका ११ बस्ने सुनसरी घर भएका २३ वर्षीय जितेन्द्र कुमार राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१ ज ०१५५ नम्बर ईभी गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




