काठमाडौं । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भुभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । राति कोशी प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




