काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी श्री तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको इमाडोल बसोबास गर्दै आएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ घर भएका ४० वर्षीय तामाङलाई मंगलबार पक्राउ गरिएको हो ।
जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा गत असार ३१ गते पक्राउ पुर्जी जारी भई उनी फरार रहेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बाराको जितपुरबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।




