काठमाडौं । जापानको आम निर्वाचनको परिणामसँग नेपालको सन्दर्भ जोड्दै एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमा तिखो टिप्पणी गरेका छन् । जापानमा भएको निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ ।
त्यहाँको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको छ । जापानमा सरकार गठनको बहुमतका लागि २३३ सिट भए पुग्छ । जापानको निर्वाचन परिणामलाई लिएर एमाले नेता बास्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, ‘प्रमका दावेदार पाँच छन् । तर कस्ले जापानी प्रम ताकाईचीको जस्तो ४४५ मा ३१० सिटको पहिरो चलाउने जित निकाल्लान त ? यो चुनावको परिणाम परम्परागत अनुमान र दलका दावीभन्दा १८० डिग्री भिन्न पनि आउँन सक्छ । खोक्न त जति पनि पाइयो नि !’




