काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा २ केजी ९०० ग्राम चाँदीसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको फेटा गाउँपालिका ६ बस्ने वर्ष १७ को आशु श्राब रहेका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगा समेतको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला परेको हो ।
बसमा यात्रारत आशुको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा रु १२ लाख १४ हजार ५२० रुपैयाँ बराबरको २ केजी ९०० ग्राम भएको चाँदीका दाना फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ ।




