मेष राशि:
यो साता अध्ययनमा रुचि बढ्नुका साथै मित्र तथा सहयोगीबाट काममा साथ मिल्नेछ । आम्दानीमा केही बाधा आउन सक्छ । पारिवारिक भ्रमणले मन प्रसन्न बनाउनेछ भने कानसम्बन्धी समस्याले स्वास्थ्यमा असर पार्न सक्छ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ र साताको अन्त्यमा आर्थिक तथा अन्य समस्याको समाधान हुने सम्भावना छ ।
वृष राशि:
यो साता कार्य क्षेत्रमा सुधार आउनुका साथै विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । साथीभाइ तथा इष्टमित्रसँगको भेटघाट रमाइलो हुनेछ । जग्गा जमिनसम्बन्धी कारोबारबाट लाभ मिल्न सक्छ । नयाँ काम सुरु गर्दा सोचविचार गर्नुहोला । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ भने साताको अन्त्यतिर सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ ।
मिथुन राशि:
यो साता वैदेशिक यात्राको योग छ भने आम्दानीका नयाँ अवसर प्राप्त हुन सक्छन् । बोलीको प्रभाव बढ्नेछ, तर हतारमा निर्णय गर्दा समस्या आउन सक्छ । स्वास्थ्य तथा खानपानमा ध्यान दिनुहोला । प्रेम सम्बन्धमा सफलता मिल्ने सम्भावना छ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ भने विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति गर्ने समय छ ।
कर्कट राशि:
यो साता अग्रजको सल्लाहअनुसार काम गर्दा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई अध्ययनमा प्रगति गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक कार्य तथा व्यवसायबाट लाभ मिल्न सक्छ । उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ । कार्य क्षेत्रमा सामान्य मतभेद भएपनि साताको अन्त्यतिर आर्थिक लाभ र मानसिक शान्ति प्राप्त हुन सक्छ ।
सिंह राशि:
यो साता नयाँ सवारीसाधन खरिद गर्ने योग छ । वैदेशिक रोजगारीबाट राम्रो परिणाम मिल्न सक्छ भने पुराना कामबाट अपेक्षित उपलब्धि प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ र आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । ठूला निर्णय लिन हतार नगर्नुहोला । स्वास्थ्यमा सामान्य बाधा आउन सक्छ, तर साताको अन्त्यमा आर्थिक समस्याको समाधान हुने सम्भावना छ ।
कन्या राशि:
यो साता दाम्पत्य जीवन सुखमय रहनेछ भने सामाजिक पद तथा प्रतिष्ठा प्राप्त हुन सक्छ । उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट हुनेछ । नयाँ काममा सफलता मिल्ने र विद्यार्थीहरूलाई अध्ययन तथा लेखनमा प्रगति हुने योग छ । परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोला । व्यवसायबाट लाभ मिल्नेछ भने साताको अन्त्यतिर सामाजिक गतिविधि बढ्नेछ ।
तुला राशि:
यो साता अध्ययनमा सफलता मिल्नुका साथै धार्मिक गतिविधिबाट सन्तुष्टि प्राप्त हुनेछ । घर जग्गासम्बन्धी कारोबारमा सुधार आउने सम्भावना छ । राजनीतिक तथा व्यक्तिगत काममा सफलता मिल्न सक्छ । स्थानान्तरणमा ढिलाइ हुन सक्ने भएकाले धैर्य राख्नुहोला । सवारी साधन परिवर्तन नगर्नु उचित हुनेछ । राम्रो काम गरेबापत सम्मान वा बढुवा प्राप्त हुने सम्भावना छ ।
वृश्चिक राशि:
यो साता सवारी साधन खरिद तथा जग्गा जमिनको कारोबारबाट लाभ मिल्न सक्छ । पुराना प्रियजनसँग भेटघाट हुनेछ । पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला । प्रेम सम्बन्ध र साझेदारीका काममा सावधानी अपनाउनु आवश्यक छ । अध्ययनमा सफलता मिल्नेछ भने सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ ।
धनु राशि:
यो साता महत्त्वपूर्ण कामप्रति रुचि बढ्नेछ र पारिवारिक तथा दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा सफलता मिल्न सक्छ । पुराना मित्रबाट आर्थिक लाभ प्राप्त हुने सम्भावना छ । निर्णय गर्दा विचार पुर्याउनुहोला र सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनुका साथै अध्ययन र कार्यक्षेत्रमा प्रगति हुनेछ ।
मकर राशि:
यो साता जग्गा जमिनसम्बन्धी काम तथा अध्ययनमा सफलता मिल्ने सम्भावना छ । टाउकोसम्बन्धी सामान्य समस्या देखिन सक्छ । धातुसम्बन्धी व्यवसायबाट प्रगति हुने योग छ भने सहकर्मीबाट सहयोग मिल्नेछ । जलक्षेत्रसँग सम्बन्धित लगानी गर्दा आवश्यक अध्ययन गर्नुहोला । साताको अन्त्यतिर आर्थिक लाभ प्राप्त हुनुका साथै पारिवारिक सुख र धार्मिक कार्यप्रति रुचि बढ्नेछ ।
कुम्भ राशि:
यो साता सामाजिक पद तथा प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । साथीभाइसँगको भेटघाट र भ्रमणले मन प्रसन्न बनाउनेछ । दाजुभाइ तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर र वैदेशिक रोजगारीका अवसर प्राप्त हुन सक्छन् । साताको अन्त्यतिर खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला । दाम्पत्य जीवन सुखमय रहनेछ र कार्य क्षेत्रमा लाभ मिल्नेछ ।
मीन राशि:
यो साता कार्य क्षेत्रबाट आर्थिक लाभ प्राप्त हुने सम्भावना छ । जलविद्युत् तथा बिजुलीसँग सम्बन्धित सेयर वा व्यवसायमा प्रगति हुन सक्छ । वैदेशिक यात्रामा ढिलाइ भए पनि साझेदारी व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्य र सवारी यात्रामा सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धका कारण पारिवारिक मतभेद हुन सक्छ । अध्ययनमा सफलता मिल्नेछ भने साताको अन्त्यतिर सामाजिक गतिविधि बढ्नेछ ।




