बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुदा ३ जनाको मृत्यु भएको छ ।
बिहान करिब ४ बजे काकँडभित्ता देखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.-०२-००१ ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिए ।
मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताए । दुर्घटनामा बस सडकदेखि १० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित २७ जना घाइते भएका थिए । उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए ।
उनका अनुसार घाइतेमध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनिहरुको चितवनको विभिन्न भरतपुरस्थित नयॉ मेडिकल कलेजमा उपचार उपचार भइरहेको छ ।






