दाङ । काँकडभिट्टादेखि महेन्द्रनगर जाँदै गरेको मे १ ख ३२८८ नम्बरको बस दाङमा दुर्घटनामा परेको छ । ७ जना यात्रु घाइते भएका छन् । आइतबार लमही नगरपालिका–५ रातो डाँडामा दुर्घटना भएको हो ।
दुई जनाको टाउकामा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो २ बजे अगाडिको टायर पड्किँदा बस अनियन्त्रित भई पल्टिएको हो । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।






