काठमाडाैं । चर्चित र्यापर भिटेनले अर्को वर्ष बिवाह गर्ने खुलासा गरेका छन् । एक टेलिभिजन शाे मा उनले अर्को वर्ष आफ्नी प्रेमिका अवन्तिकासँग बिवाह गर्ने खुलासा गरेका हुन् ।
भिटेनकि प्रेमिका सिक्किमकि हुन् । दुई वर्षदेखि उनीहरु रिलेसनमा थिए । सामाजिक सञ्जालमा कुराकानीका क्रममा प्रेम अंकुराएको हो । ब्रेकअपकाे हल्ला चलेपनि उनीहरू अझै प्रेम सम्बन्धमा नै छन् ।
भिटेन भन्छन्, ‘मलाई उनी निकै राम्री लाग्थ्यो । च्याटमा कुराकानी हुन्थ्यो । मलाई म्यासेज आएको रहेछ, उसलाई मैले छुट्टै हिसाबले सोचेको थिएँ कुराकानी हुँदा पनि । त्यसपछि भेट भयो, चिनजान भयो अनि प्रेम सम्बन्ध सुरु भयो । अहिले पनि हाम्रो सम्बन्ध राम्रो छ ।’
उनीहरू दुवैले एक अर्काकाे परिवारसँग भेटघाट गरिसकेका छन् । दुवैकाे घरमा आउजाउ भइरहन्छ । ‘म उनकाे घरमा जान्छु । उनी पनि धेरै पटक मेराे घरमा आएर साता/दश दिन बसेकि छिन् । उनकाे परिवारले पनि मलाई धेरै माया गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ ।’




