काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसाे देशभर आंशिक देखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं. १, प्रदेश नं. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाकाे अनुरोध छ ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान :
कार्तिक ०८ गते (सोमबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं. १, प्रदेश नं. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कार्तिक ०९ गते (मंगलबार)
दिउँसो : देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कार्तिक १० गते (बुधबार)
दिउँसो : देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।




