अधिकांश नेपालीले जीवनमा कुनै न कुनै समय सामना गर्दै आएको सबैको साझा समस्या हो ग्याष्ट्रिक। खासगरी खान अपज भएर तथा खानपिनको सन्तुलन नमिल्नाले ग्याष्ट्रिकले सताउँछ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, बृद्धबृद्धा, रागीहरु यसको चपेटमा पर्ने गर्छन् । खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले कहिं पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुन सक्छ ।
दुषित पानी वा कोल्ड ड्रिंकको सेवन, स्ट्रिट फूड अर्थात फुटपाथमा राखिएको खानेकुराको सेवन, खाना खानसाथ तुरुन्त पानी पिउँदा, काँचो खानेकुरा सेवन गर्दा, पूर्ण रुपले पेट सफा नहुँदा, आन्द्रामा कुनै समस्या हुँदा, पेटमा ग्यास बनेको कारण आदि अवस्थामा पेटमा समस्या हुनसक्छ । अधिकांश नेपालीले ग्यास्ट्रिकलाई सामान्यरुपमा लिन्छन् । तर ग्याष्ट्रिकको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।
ग्यास्ट्रिकको लक्षणहरु : बमिट हुनु । पखाला लाग्नु । खाएको नपच्नु र खाना नपच्नु । पेट दुख्नु । पेट फुल्नु । कोखा दुख्नु । मुटु दुख्नु । घाँटी पोल्नु । छाती पोल्ने समस्या हुनु । पेट पोल्ने समस्या आउनु । अमिलो डकार आउनु । अम्लपित्त बढ्नु । गनाउने डकार आउनु । अमिलो डकार आउनु । मुखमा अमिलो पानी आउनु । खाना खान मन नलाग्नु । पेट बढ्नु । दैनिक दिशा नआउनु । कालो दिशा आउनु ।
भोक हराउनु । ढ्याउ–ढ्याउ आउने । पेट कराउने समस्या हुने । वाकवाकी लाग्ने । कब्जियत हुने ।
ग्यास्ट्रिकबाट हुने रोगहरु रोगहरु : ग्याष्ट्रिक बढेर वा ग्याष्ट्रिक बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ । ग्याष्ट्रिकबाट हुने विभिन्न रोगहरु हुन्छन् जसमध्ये हरकोहीमा ग्यास्ट्रिकबाट हुने रोगहरु कब्जियत, पायल्स, पेटको अल्सर, पेटको क्यान्सर रहेका छन् ।
ग्याष्ट्रिक को घरेलु उपचार : जिरा पानी सेवन गर्ने । ज्वानो, जिरा, दही र मेथि मिसाएर खाने । घोडे नुन (बिरे नुन/ब्याक साल्ट) र एक कागती मिसाई तातो पानीमा पिउने । ताजा अदुवा र ज्वानो पानीमा उमालेर मन तातो बनाई पिउने, भए बिरेनुन पनि मिसाउने । ज्वानोलाई पिसेर दहीसँग मिसाई खाने । आधा चम्चा बेकिङ साेडा र कागतीको रस मिसाई तातो पानीमा पिउने । तातो पानी प्रसस्त पिउने ।
पुदिनाको पात चपाउने । तुलसीको पात चपाउने । दालचिनी खानामा मिसाई सेवन गर्ने । पेट ढाडिएमा टिमुरको सेवन गर्ने । बाबरीको पात चपाएर रस निकालेर खाने । रोटी वा अन्य खानपान गर्दा ज्ञास भए तातो भात सेवन गर्ने । केरा खाने । नरिवलको पानी पिउने ।




