एजेन्सी । धेरैजसो मानिस अनुहारमा देखिने बुढोपनाका लागि तपाईको खानपान जिम्मेवार रहन्छ । केही हदसम्म यो कुरा ठीक पनि हो । तर नयाँ अनुसन्धानमा वैज्ञानिकले यसको नयाँ कारण पनि बताएका छन् । जसमा धेरै मानिसको ध्यान गएको छैन । यस सम्बन्धमा यहाँ स्पष्ट पारिएको छ ।
सुत्ने गलत तरिका : नेशनल लाइब्रेरी अफ मेडिसिन जर्नलको अनुसन्धान अनुसार कोल्टे फेर्दाको समयमा सु्त्दा अनुहार रगटिन्छ । जसबाट चाउरीपना बढ्न थाल्छ । यसो नगर्नुस् ।
चिनीको अधिक सेवन : जर्नल स्प्रिंगर लिंकको अध्ययन भन्छ, ‘चिनी खाईसकेपछि ग्लाइकेशनको प्रक्रियाको अवधिमा फ्री–रेडिकल्समा परिवर्तन हुन्छ, जसले कोशिकालाई नोक्सानी पुर्याउँछ ।’
स्क्रीन टाइम : पबमेड जीओ जर्नलका अनुसार यदी तपाई ४ दिन ८–८ घन्टाको अवधिमा कम्प्युटरमा काम गर्नुहुन्छ भने यो दिउसोको घामको समयमा २० मिनेटसम्म बिताउनु बराबर हो । यसले ठूलै नोक्सानी पुर्याउँछ । तर, तल उल्लेखित तरिका अपनाउनु भयो भने बढेको उमेरको असर कम हुन जान्छ ।
घामबाट बच्नुहोस् : चर्को घाममा बाहिर जानबाट आफूलाई बचाउनुहोस्, किनकी यसमा छालालाई क्षति पु¥याउन तत्व हुन्छ । नतिजा छालामा समय भन्दा पहिलेनै चाउरीपना देखिन जान्छ । यदी घाममा बाहिर जान जरुरी छ भने आफूलाई केही चिजले ढाकेर मात्रै निक्लनुहोस् । यसबाट जोगिन छाला बचाउने लोसन पनि लगाउन सकिन्छ ।
खानपानलाई बदल्नुस् : तेल र मसला भएको बस्तुलाई टाढै राख्नुस् । खानपानमा यस्ता सामग्रीलाई समावेश गर्नुस् जसमा भिटामिन–ई र सी पर्याप्त होस् । खयसमा एन्टिअक्सिडेन्ट अधिक मात्रामा हुने गर्छ ।




