काठमाडौं । टोकास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा फेला परेका न्यूरो सर्जन डा. सुवास लोहनीको निधन भएको छ । ३८ वर्षीय डा. लोहनीलाई तत्कालै अस्पताल लगिएको थियो । तर अस्पताल पुग्दासम्म उनको निधन भइसकेकाे पुष्टि भयाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार डाक्टर लोहनीले सोमबार दिउँसो पोटासियम र मेट्रोजोलाइम नामक बेहोस गर्ने औषधी आफैँले आफ्नो बाँया हातमा इन्जेक्ट गरेका थिए । तर अस्पताल पुग्न नपाउँदै बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेशनल न्यूरो सेन्टरमा कार्यरत लोहनीलाई एक साताअघि कोरोना भाइरसको संक्रमण पनि भएको थियो ।




