काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन् । करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ को परीक्षा पास गरेकी हुन् । गत भदौँ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको हो । परीक्षाफल सन्तोषजनक रहेको उनको भनाई छ ।
‘१२ पास हुँदा निकै खुशी लागिरहेको छ । कोरोना महामारीका कारण कक्षा नियमित सञ्चालन भएको थिएन् । साथै अनलाइन क्लासमा पनि त्यति उपस्थित भएकी थिइन् । जसकारण यस पटक धेरै अपेक्षा थिएन । तर, राम्रै नतिजा आएको रहेछ । दुईटा विषयमा त ए प्लस आएको छ,’ उनले भनिन् ।
आगामी दिनहरुमा पनि पढाईलाई निरन्तरता दिने सोच रहेको उनले बताइन् । स्नातक तहमा मानविकी संकायमा समाजशास्त्र वा ग्रामीण विकासमध्ये एउटा विषय छनोट गरेर पढ्ने सोच रहेको उनले बताइन् ।




