सर्लाही । सर्लाहीको बलराकी एक किशोरीमाथि सामुहिक जवरजस्ती करणी गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको बलरा नगरपालिका–५ की मुस्लिम समुदायिको एक १४ वर्षीया किशोरीमाथि सामुहिक जवरजस्ती करणी गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको बलरा नगरपालिका ४ मा आज सोमबार बिहान दाउरा खोज्न गएकी ती किशोरीलाई चार जना युवाहरुको समूहले जबरजस्ती करणी गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
जवरजस्ती करणीको शिकार भएकी ती किशोरीको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल मलंगवा सर्लाही पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।




