काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई मंसिर सकिन लागेकोमा चिन्ता लागेको छ । उनले सामाजिक सञ्जालमा सुन्दर तस्बिर पोस्ट गर्दै लेखेकी छन्- ‘मंसिर पनि जान लाग्यो पो त !’
उनको पोस्टमा अर्की अभिनेत्री रेखा थापाको प्रतिक्रिया छ- ‘सिरियस्ली ? भोज खाना तयार थिएँ ।’ दुवै अभिनेत्रीलाई विवाहको प्रश्नले छोडेको छैन । विवाह योग्य उमेरका भएको चर्चा पनि चल्छ ।
केकीको प्रेमको चर्चा खासै चल्ने गरेको छैन । त्यही पनि हरेक विवाहको सिजनमा उनलाई सोधिने प्रश्न ‘विवाह कैले ?’ ले पिछा छोडेको छैन । उता, रेखा पनि निर्माता छविराज ओझासँग टाढिएपछि एक्लै छिन् ।
केही दिनअघि राप्रपाको अधिवेशनमा पनि उनको सक्रिय सहभागिता थियो । योसँगै उनको विवाह प्रति दर्शकको चासो बढी नै रहेको छ । यस्तोमा यी दुईको विवाह र विवाह प्रतिको रमाइलो चासोको विषयमा के भन्नु हुन्छ ? प्रतिक्रिया दिनुहोला ।




