काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा देशभर ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
हाल काठमाडौं उपत्यकाका तीन जिल्ला सहित ९ जिल्ला ‘रेड जोन’मा छन् । प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूर पश्चिमको कैलाली ‘रेड जोन’मा छन् ।
वाग्मती प्रदेशमा उपत्यकामा तीन जिल्ला सहित चितवन समेत ‘रेड जोन’मा रहेको छ । यस्तै, प्रदेश १ को झापा, प्रदेश २ को धनुषा र पर्सा, वाग्मतीको मकवानपुर र काभ्रे, गण्डकीको नवलपरासी पूर्व र लुम्बिनीको बाँके र दाङ मा पनि संक्रमण दर बढ्दो छ । यी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।




