काठमाडाैं । देशमा कुनै उल्लेखनिय प्रणाली छैन । बिहान तराईका थोरै भू-भागमा हुस्सुर-कुहिरो लागेको छ । दिउँसो पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ ।
आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सोमबार पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।




