एजेन्सी । दक्षिण भारतीय चलचित्रमा पछिल्लो समय निकै लोकप्रिय दुई कलाकार हुन्, रश्मिका मण्डना र विजय देवरकोण्डा । यी लोकप्रिय त थिए नै, अब यीनको विवाह समेत हुने खबर आगोझैँ फैलिएको छ ।
उनीहरूको बारेमा कतिसम्म खबर फैलिएको छ भने उनीहरूले यही वर्ष नै विवाह गर्न सक्ने पनि बताइएको छ । जताततै यही खबर फैलिएपछि यसको खण्डनमा विजय देवरकोण्डा आफै उत्रिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो भनाइ राखेका छन्- ‘सदाझैँ बकवास खबर, के हामीलाई समाचारप्रति प्रेम छैन !’
यता नायका रश्मिका भर्खर २५ वर्षकी भइन् । उनले तत्काल विहे बारे आफूले नसोचेको बताएकी छिन् । उनले आफ्नो पार्टनर भने यस्तो खोजेकी छिन् जोसँग जीवन बिताउन कम्फर्टेबल महसुस होस् ।
हुन त यी जोडीको ‘डियर कमरेड’ फिल्मबाटै उनीहरू सम्बन्धमा भएको लख काटिएको थियो । डियर कमरेडमा उनीहरूको केमिष्ट्री यति मन पराइयो कि फिल्म पनि सुपरहिट, जोडी पनि सुपरहिट । यस फिल्म लगत्तै उनीहरूले ‘गीता गोविन्दम’मा पनि सँगै काम गरेका थिए ।




