एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि रोकथामका लागि भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले स्कूलहरू अनिश्चितकालका लागि बन्द गर्न आदेश दिएका छन् ।
शुक्रवार मुख्यमन्त्री केजरिवालले सबै सरकारी र निजी स्कूल बन्द गर्न आदेश दिएका हुन् । मुख्यमन्त्रीको आदेशपछि अब प्रयोगात्मक अभ्यासका लागि समेत विद्यार्थीलाई स्कूलमा बोलाउन पाइने छैन ।
दिल्लीमा कोरोना अनियन्त्रित रूपमा बढ्दै गएको छ । कोरोना रोकथामका लागि भारतका विभिन्न प्रदेशमा रात्रिकालीन कर्फ्यू समेत लगाइएको छ ।






