काठमाडौं । बलिउड अभिनेता सलमान खान जेठ १४ मा नेपाल आउने भएका छन् । उनलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा कन्सर्टका लागि ल्याउन लागेको हो ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता खानसँग भर्चुअल छलफल गर्नेछ ।
ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले मन्त्री आले र बलिउड अभिनेता खान बीच यसै साता भर्चुअल संवाद हुने बताए । यस अगाडी सलमानको नेपाल कन्सर्ट अन्तिम समयमा क्यान्सिल भएपछि यस पटक सम्पूर्ण तयारी गरेर मात्र प्रचार प्रसारमा जाने तयारीमा टिम रहेको छ ।




