काठमाडौं । दिपक राज गिरी त्यस्तो नाम हो जो टेलिभिजनबाट करियर सुरु गरेर ठूलो पर्दामा राज गरिरहेको छ । फिल्ममा पाएको चरित्र राजाले पनि उनलाई पछिल्लो समय दर्शकको नजिक बनाएको छ ।
यही नाममा आफ्ना टिमका अर्का सदस्य केदार घिमिरे ‘माग्ने बुढा’को माग्ने नाम जोडेर फिल्म बन्ने भएको छ । छक्का पन्जा टिमसँगै हेम राज बिसीको सहकार्य रहने फिल्म फ्लोरमा यही असार पहिलो साता जाने चर्चा छ ।
त्यस्तै उनको टिमको अर्को फिल्म छक्का पन्जा चार पनि फ्लोरमा जान तयार छ । यही फिल्मको पात्रका लागि उनले लामो समय यता कपाल पालिरहेका पनि छन् । तर दुई मध्य एक फिल्म यही असार पहिलो साता फ्लोरमा जाने उनले बताएका छन् ।
दुबै फिल्मको स्कृप्ट अन्तिम चरणमा रहेको दिपक स्वयम् स्विकार्छन् । यस्तोमा जेठको अन्तमा पुग्दा सम्म कुन फिल्म पहिलो भन्ने टुङो लागेको छैन । यसो हुँदा उनी र उनका टिमका कलाकारले निभाउने चरित्रमा पनि पक्कै असर त पर्ला ।
यस्तोमा अब के होला ? फिल्ममा राजा नामले परिचित दिपकले आफुलाई राजा सरह एक छत्र राज गर्ने भ्रममा बाचेका त छैनन ? तयारी पूरा गर्नुस है दिपक जी । दर्शकले त धेरै फिल्मलाई पिठ्यु फर्काइसकेका छन् ।




