एजेन्सी । बलिउड सुपरस्टार सलमान खान र साउथ मेगास्टार चिरञ्जीवीको अभिनय रहने फिल्म ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ ।
फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ ।
चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ ।
फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने छन् । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’को टिजर समेत सार्वजनिक गरिएको थियो ।




