काठमाडौं । गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा १७ वर्षिया नेपाली किशोरी परिजिता बाँस्तोलाले राम्रो प्रस्तुति दिएकी छिन् । उनले आफ्नो सुमधुर स्वरले १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भइन् ।
उनको प्रस्तुतिले चारै जना निर्णायक फर्किएका थिए । उनले तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन् । चारै जना निर्णायकले उनको प्रशंसा गरेका हुन् ।
जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्ने मध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् भने जोन लिजेन्डले पनि सहकार्य गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको बताए ।
यस्तै जजको प्रशंसापछि परिजिताले चारै जना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् ।




