काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ ।
प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।




