काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पश्चिमी उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतयाः सफा रहेको छ ।
आइतबार प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मंगलबार देशभर मौसम सामान्यतयाः सफा रहनेछ ।
तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।




