काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।
एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । घटना बारे अनुसन्धान सुरु भइरहेको छ ।




