एजेन्सी । बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीकी पूर्व पत्नी आलिया सिद्धिकीले उनीमाथि गम्भीर आरोप लगाएकी छिन् । आलियाले नवाजुद्दिनविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी हुन् ।
उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेर यस बारे जानकारी दिएकी छिन् । आलियाले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनी रोइरहेको देख्न सकिन्छ ।
नवाजुद्दिनले उनीबाट उनको बच्चा खोस्न चाहेको पनि बताएकी छिन् । यसका साथै, पछिल्लो समय आफू आर्थिक समस्याबाट पनि गुज्रिरहेको जानकारी दिएकी छन् ।
नवाजुद्दिन र आफ्नो सम्बन्ध बारे कुरा गर्दै उनले भनिन्, ‘तिमीले मलाई कहिल्यै आफ्नी श्रीमती मानेनौ तर मैले सधैँ तिमीलाई आफ्नो श्रीमान् मानेँ । यो कुरालाई म कहिल्यै सहने छैन । मसँग एक एक पैसाको अभाव छ र तिमीले मबाट मेरो बच्चा खोसिरहेका छौ ।’




