काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय चमेनागृह (सेन्ट्रल क्यान्टिन) मा अखाद्य वस्तु भेटिएको छ । क्यान्टिनमा खानयोग्य अवधि सकिएका खाद्य पदार्थको बिक्री भइरहेको समेत पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार सेन्ट्रल क्यान्टिमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी फेला परेको विभागले जनाएको छ ।
अखाद्य वस्तुहरुलाई तत्काल नष्ट गरिएको विभागले जनाएको छ । उपभोक्ता हित विरुद्धको कार्य गरेको भन्दै विभागको टोलीले क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई ३ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।




