काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जना संक्रमितको निधन भएको हो । मंगलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो ।
यस्तै आज २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।




