बारा । ६१ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । सफरलाई बिहिबार साँझ पक्राउ गरिएको हो ।
उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।
यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिइसकेको छ ।




