काठमाडौं । गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।
फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन् । सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन् ।
जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन् ।
दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख गरेकी छन् । जस बारे उनले ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन् ।
चितवनको रत्नगरमा एक होस्टेलमा पोखरेलको शव भेटिएको थियो । उनका बाबुले छोरीमाथि बलात्कार भएको बताउँदै आएका छन् भने प्रहरीले यो आत्महत्या भएको निष्कर्ष निकालेको छ ।
गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’




