काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । बुधबार अपरान्ह फेसबुकमा स्टाटस लेख्दै कटाक्ष गरेकी हुन् । उनी भन्छिन् ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौं । बहुरुपी औरत ।’
उनले पूजाको नाम नलिएरै उनीमाथि व्यंग्य गरेकी हुन् । ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए ।
समीक्षाले स्टाटसलाई ‘उसै’लाई भन्दै पलतर्फ संकेत गरेकी छन् । अहिले पल र पूजा निकट भएका छन् । यी दुईले ‘रावायण’मा सहकार्य गर्दैछन् । यसबाहेक रेखा थापाको आगामी रिलिज ‘उपहार’मा पूजा नायिका हुन् भने समीक्षा पार्श्व गायिकाको रुपमा रहेकी छन् ।




