एजेन्सी । रश्मिका मन्डन्ना र विजय देवरकोंडा लामो समयदेखि रिलेसनसिपमा रहेको चर्चा छ । दुबै स्टारले कहिले पनि सार्वजनिक रुपमा आफ्नो अफेयरको पुष्टी गरेनन् तर यस पटक ‘पुष्पा’ नायिकाले आफ्नो पछिल्लो सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो प्रेम जीवन प्रति ठूलो सङ्केत दिएकी छिन् ।
नायिकाले भर्खरै महिला दिवसको अवसरमा आफ्नो एउटा प्यारो तस्बिर पोस्ट गरेकी थिइन्, जसमा उनी नीलो स्वेटर र कालो पाइजामामा देखिएकी थिइन्, तर सबैको ध्यान तानेको कुरा अर्कै थियो ।
अभिनेत्रीले फोटो सेयर गरेको केहि समयपछि फ्यानहरूले रश्मिकाले विजय देवरकोन्डाको गुलाबी टोपी लगाएकी थिइन् । विजयले गत वर्ष डिसेम्बरमा एउटा भिडियो सेयर गरेका थिए, जसमा उनी त्यही गुलाबी टोपी लगाएर न्यूयोर्कको सडकमा हिँडिरहेको देखिएका थिए ।

रश्मिकाले विजयको टोपी लगाएकी छिन् कि छैनन् भन्ने पुष्टि भइसकेको छैन तर दुवैले एकअर्कालाई डेट गरेको प्रबल सम्भावना छ । लामो समयदेखि रश्मिका र विजय दुवै एकअर्कालाई प्रेममा रहेको हल्ला चलिरहेको थियो ।
अफवाह भएको जोडी हालै माल्दिभ्सको यात्रामा गएको थियो, त्यसपछि फ्यानहरूले उनीहरूले छिट्टै विवाहको मिति घोषणा गर्ने अनुमान गरेका थिए । पछि विजयले अगाडि आएर आफूले न बिहे गरेको र न इन्गेजमेन्ट गरेको स्पष्ट पारे ।
ध्यान दिनुपर्ने कुरा के छ भने रश्मिका र विजयले सार्वजनिक रूपमा आफ्नो सम्बन्धलाई कहिल्यै स्वीकार गरेका छैनन् न त इन्कार नै गरेका छन् । यो जोडी ‘गीता गोविन्दम’ र ‘डियर कम्रेड’मा देखिएका थिए ।




