काठमाडौं । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको यात्रु बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिव ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुर्याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।




