काठमाडौं । म्याग्दीको जलेश्वरमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । सदरमुकाम बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको ग १ ख ५६५५ नम्बरको बस जलेश्वरमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ । यस विषयमा थप जानकारी आउन बाकी छ ।




